काँग्रेसको केन्द्रीय समितिको बैठक आजपनि बस्दै
११ चैत्र २०८२, बुधवार
११ चैत्र २०८२, बुधवार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज पनि बस्दैछ । पार्टी प्रवक्ता देवराज चालिसेका काँग्रेसको बैठक आज बिहान ११ बजेदेखि शुरु हुने छ ।
मंगलबारदेखि शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी रहेको छ । मंगलबार २८ जना केन्द्रीय सदस्यले बोलेका थिए ।
बैठकमा १५औँ नियमित महाधिवेशन तयारी, संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ सङ्घ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।
त्यस्तै मंगलबार बैठकमा सभापति गगन थापाले अगामी भदौ २४, २५ र २६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio