Tuesday, 21 April 2026
×
राजनीति
   

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमिति बैठक शुरु

९ माघ २०८२, शुक्रवार

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमिति बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमिति बैठक शुरु भएको छ । केहीबेरअघि देखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक शुरु भएको हो ।  

यो बैठक विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछिको नयाँ नेतृत्वको पार्टी कार्यालयमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठक हो । 

बैठकमा आगामी निर्वाचनमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने लगायतका महत्वपूर्ण एजेन्डाहरू छलफल हुने अपेक्षा गरिएको छ । यसअघि थापाले पार्टी कार्यालयमा सभापतिको पदभार ग्रहण गरेका थिए । 

गत पुस ३० मा थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचित भएपछि दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको बैठक पार्टी प्यालेस र होटलमा बसेको थियो ।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत गएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएपछि थापा नेतृत्वको कार्यसमिति पार्टी कार्यालय जाने बातावरण बनेको हो । यसअघि देउवा पक्षले गगन थापा नेतृत्वको काँग्रेसलाई पार्टी कार्यालय जान नदिने भन्दै रातभर सानेपामै बसेका थिए ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :