Sunday, 19 April 2026
×
राजनीति
   

कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा

२६ पुष २०८२, शनिवार

कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले सभापति शेरबहादुर देउवा तानाशाह बनेको आरोप लगाउदै विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । 

श्रेष्ठले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेर आफूले विशेष महाधिवेशनमा जाने निर्णय गरेको बताएका हुन् ।

उनले सभापति देउवा तानाशाह भएर निस्किएको बताएका छन् । उनले भने- 'पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि धेरै अन्याय गर्नुभएको छ । उहाँलाई कत्ति सहयोग गर्दा पनि सधैँ अन्याय नै गर्नुभयो मलाई । अब अन्याय सहेर बस्न सक्दिनँ । अहिले तानाशाह भएर निस्किनुभयो ।’

श्रेष्ठले पुस २७ र २६ गते हुने विशेष महाधिवेशनमा सहभागी पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई आह्वान पनि गरेका छन् । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :