Tuesday, 21 April 2026
×
राजनीति
   

कांग्रेसको समानुपातिक सांसदमा १५ महिला र ५ पुरुष

१ चैत्र २०८२, आइतवार

कांग्रेसको समानुपातिक सांसदमा १५ महिला र ५ पुरुष

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसदहरूको सूची बारे निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन बैठकले समानुपातिकतर्फ २० जना सांसदको निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार २० मध्ये १५ जना महिला र ५ जना पुरुष सांसद सिफारिस गर्ने निर्णय गरेको छ । उनले महिलातर्फ आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ र बाँकी अन्य कलस्टरबाट नाम टुंगो लगाएको जानकारी दिएका छन् । 

निर्वाचनको समीक्षा गर्ने बारे काँग्रेसको बैठक छिट्टै बस्ने प्रवक्ता चालिसेले जानकारी दिएका छन् । 

प्रत्यक्षमा १८ सिट जितेको नेपाली काँग्रेसले समानुपातिकमा २० सिट पाएको थियो ।   

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *