Tuesday, 21 April 2026
×
राजनीति
   

काँग्रेसको संस्थापनले वेभसाइटबाट हटायो गगन-विश्वको नाम

१ माघ २०८२, बिहिवार

काँग्रेसको संस्थापनले वेभसाइटबाट हटायो गगन-विश्वको नाम

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीको वेभसाइटबाट दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरको तस्बीर हटाएको छ । 

तिनै जनालाई बुधबार बसेको सभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय समितिले अनुशासनको कारवाही गर्दै पाँच बर्षका लागि निष्काशित गरेको थियो । अब तिनै जनाको तस्वीर वेभसाइटबाट हटाइएको छ ।

महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा गएराती सम्पन्न विशेष महाधिवेशनले गगन थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिसकेको छ र आज निर्वाचन आयोगमा पार्टी अध्यावधिक गर्न समेत जादै छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :