Sunday, 19 April 2026
×
राजनीति
   

काँग्रेसको विशेष महाधिवेशन पक्षधरका शनिबारका औपचारिक कार्यक्रम स्थगित

२६ पुष २०८२, शनिवार

काँग्रेसको विशेष महाधिवेशन पक्षधरका शनिबारका औपचारिक कार्यक्रम स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजको सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेका छन् ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि कांग्रेस विशेष महाधिवेशनले शनिबार हुने सबै कार्यक्रमहरू स्थगित गरेको विशेष महाधिवेश्नाको व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिएका छन् ।

शनिबार भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षधरले र्‍याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम राखिएको थियो । ती सबै औपचारिक कार्यक्रम स्थगित गरिएको र आइतबार तय भएका कार्यक्रमहरू भने यथावत रहेको उनले बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा आइतबार र सोमबार विशेष महाधिवेशन उद्घाटन हुँदैछ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :