काँग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा जुलुससहित सहभागिता बढ्दै
२७ पुष २०८२, आइतवार
२७ पुष २०८२, आइतवार
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा जुलुससहित सहभागिता बढिरहेको छ ।
भृकुटीमण्डपको खुला स्थानमा बनाइएको महाधिवेशन स्थलमा विभिन्न ६ स्थानबाट जुलुस आउनेक्रम जारी रहेको छ ।
आयोजकले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिसहितका नेता कार्यकर्ताहरु झाँकीसहितको जुलुस अहिले कार्यक्रम स्थलमा आइरहेका छन् ।
बिहानदेखि नै महाधिवेशन स्थलमा महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ता गरिरहेका छन् र अहिलेसम्म ३० प्रतिशतभन्दा बढीले नाम गर्दा गराएको बताइएको छ । काँग्रेसका ४७३४ महाधिवेशन प्रतिनिधि मध्ये विशेष महाधिवेशनमा ६० प्रतिशतभन्दा बढीले सहभागिता जनाउने बताइएको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio