Thursday, 23 April 2026
×
राजनीति
   

काँग्रेसले अर्घाखाँचीमा मुस्कानलाई दियो टिकट

६ माघ २०८२, मंगलवार

काँग्रेसले अर्घाखाँचीमा मुस्कानलाई दियो टिकट

बुटवल । नेपाली काँग्रेसले प्रतिनिधिसभाको निर्वाचनका लागि अर्घाखाँचीमा विष्णुप्रसाद खनाल (मुस्कान) लाई उम्मेदवार बनाएको छ । कांग्रेसको लुम्बिनी प्रदेश सहमहामन्त्री समेत रहेका खनाललाई कांग्रेसले टिकट दिएको हो ।

नेविसंघबाट राजनीति यात्रा सुरु गरेका खनाल २०७४ को निर्वाचनमा प्रदेशसभा १ मा पनि उम्मेदवार थिए ।

अघिल्लो निर्वाचनमा एमालेका टोप बहादुर रायमाझीले यस क्षेत्रबाट जित हासिल गरेपनि यस पटक उनी भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका कारण एमालेबाट पिताम्बर भुसाल उम्मेदवार बनेका छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट राम बहादुर चौहान उम्मेदवार बनेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले हरि प्रसाद भुसाललाई उम्मेदवार बनाएको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :