काँग्रेसले भन्यो- झापा ५ मा कुनै गठबन्धन हुदैन, भ्रमको पछि नलागौं
२१ माघ २०८२, बुधवार
२१ माघ २०८२, बुधवार
झापा । नेपाली काँग्रेसले झापा–५ मा गठबन्धनको हल्ला चालिएको भन्दै खण्डन गरेको छ । कांग्रेस झापा–५ क्षेत्रीय समितिले कुनै पार्टीसँग गठबन्धन गर्ने विषयमा छलफल नभएको भन्दै त्यस्ता भ्रामक र कपोकल्पित हल्लाका पछि नलाग्न आग्रह गरेको हो ।
क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत कपोकल्पित समाचार फैलाएर कार्यकर्ता र मतदातामा भ्रम सिर्जना गर्न खोजेको प्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्- 'नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापाले निर्वाचन अगाडि कुनै अर्को दलसँग गठबन्धन नहुने स्पष्ट पारिसक्नुभएको छ । कांग्रेस आफ्नो प्रतिबद्धतामा अडिग छ । शुभचिन्तक र कार्यकर्ताहरूलाई कुनै पनि भ्रम वा अफवाहको पछि नलाग्न अनुरोध छ ।'
विज्ञप्तिमा आगामी २०८२ साल फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार मन्धरा चिमोरिया पौड्याललाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण कार्यकर्तालाई निर्वाचन केन्द्रित कार्यक्रममा एक जुट हुन आह्वान गरिएको छ ।
पार्टीले आम मतदाताहरूलाई कांग्रेसको चुनाव चिन्ह रूखमा मतदान गर्न र भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।
सभापति भण्डारीले सबै निगतिविधिको पार्टीले शुक्ष्म मूल्यांकन गरेर रेकर्डमा राखिने बताउदै निर्वाचनको सम्बेदनशील घडीमा काँग्रेसका उम्मेदवारलाई प्रतिकुल असर पर्ने कुनै गतिबिधिबाटसचेत रहन समेत नेता कार्यकर्तालाई आग्रह गरेको छ ।
झापा- ५ मा नेकापा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाह उम्मेदवार रहेका छन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio