Tuesday, 21 April 2026
×
राजनीति
   

काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदार घोषणा गर्दै

८ माघ २०८२, बिहिवार

काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदार घोषणा गर्दै

काठमाडौँ । नेपाली काँग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने भएको छ । 

शुक्रबार पार्टी कार्यालय जाने तयारी गरेका सभापति गगन थापाले कार्यभार सम्हालेपछि केन्द्रीय समितिको बैठक बस्दै छ ।  सोहि बैठकबाट थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी काँग्रेसले गरेको हो । 

पार्टीले भावी प्रधानमन्त्रीको घोषणा गरेपछि थापा आफ्नो चुनावी क्षेत्र सर्लाही–४ मा जाने बताइएको छ । 

फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि सभापति थापाले वारेसमार्फत सर्लाही-४ मा उम्मेदवारी दर्ता गराएका थिए । 

गत पुस ३० मा थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचित भएपछि दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको बैठक पार्टी प्यालेस र होटलमा बसेको थियो ।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत गएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएपछि थापा नेतृत्वको कार्यसमिति पार्टी कार्यालय जाने बातावरण बनेको हो । यसअघि देउवा पक्षले गगन थापा नेतृत्वको काँग्रेसलाई पार्टी कार्यालय जान नदिने भन्दै रातभर सानेपामै बसेका थिए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :