काँग्रेसमै फर्किंइन् रास्वपा जुम्ला उपसभापति तारा शाही
१९ माघ २०८२, सोमवार
१९ माघ २०८२, सोमवार
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी उपसभापति तारा शाहीको नेपाली कांग्रेसमा फर्किएकी छन् । शाही आइतबार कांग्रेसमै फर्किएकी हुन् ।
शाहीलाई कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी छन् ।
जुम्लाको चन्दननाथ नगरपालिका–५ की शाही यसअघि कांग्रेसमै सक्रिय राजनीति गरिरहेकी थिइन् । वैकल्पिक राजनीतिको नारासहित रास्वपामा प्रवेश गरेकी उनले केही समयमै जिल्ला उपसभापति भएकी थिइन् । तर अपेक्षित राजनीतिक अभ्यास, स्थानीय एजेन्डामा स्पष्टता र संगठनात्मक स्थायित्व नदेखिएको भन्दै उनी पुन: काँग्रेस फर्किएको बताएकी छन् ।
जुम्लामा गत निर्वाचनमा राप्रपाका ज्ञानेन्द्र शाही विजयी भएका थिए भने उनी यस पटक पनि उम्मेदवार बनेका छन् । यस पटक एमालेबाट शान्ति लाल महत, नेपाली काँग्रेसबाट दिप बहादुर शाही, नेकपाबाट नरेश भण्डारी र रास्वपाबाट विनिता कठायत उम्मेदवार बनेका छन् । जुम्लामा यस चुनावमा दल र स्वतन्त्र गरेर १० उम्मेदवार रहेका छन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio