कलाकार सागर लम्साल 'बले' पक्राउ
२१ चैत्र २०८२, शनिवार
२१ चैत्र २०८२, शनिवार
काठमाडौँ । कलाकार सागर लम्साल 'बले' पक्राउ परेका छन् । काठमाडौँको बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीले सामाजिक सञ्जालमार्फत आरोप लगाएकी थिइन् । सामाजिक सञ्जालमा युवतीको पोष्टपछि उनलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई दबाब परेको थियो ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio