Sunday, 19 April 2026
×
विविध
   

पीडितले मौनता तोडेर हिम्मत जुटाउन गर्ने मानसिक संघर्षलाई बुझौं- स्वस्तिमा खड्का

२१ चैत्र २०८२, शनिवार

पीडितले मौनता तोडेर हिम्मत जुटाउन गर्ने मानसिक संघर्षलाई बुझौं- स्वस्तिमा खड्का

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले पीडितले मौनता तोडेर हिम्मत जुटाउन गर्ने मानसिक संघर्षलाई बुझ्नुपर्ने टिप्पणी गरेकी छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै अभिनेत्री खड्काले हिंसाविरुद्ध आवाज उठाउनु कमजोरी नभई साहस भएको उल्लेख गर्दै उनले अन्यायविरुद्ध बोल्नेहरूलाई प्रश्नले थिच्नुको साटो आड र भरोसा दिने बानी बसाल्न आग्रह गरेकी छन् । 

उनले भनेकी छिन्, ‘हामी कति सजिलै प्रश्न गर्छौँ, एक वर्षसम्म किन नबोलेको? यतिका समय किन चुप बसेको ? तर हामी यो सोच्दैनौँ कि त्यो मौनता तोडेर हिम्मत जुटाउन उनलाई कति ठुलो मानसिक संघर्ष गर्नुपर्‍यो होला ।हामीले जस्तो समाज बनाउँछौँ, भोलि हामी आफैँले त्यही समाजमा बाँच्नुपर्छ। भोलि यस्तै विपत्ति हाम्रै परिवारभित्र आइपर्दा हामीलाई कस्तो महसुस होला ? ’

स्वस्तिमाले पीडितलाई थप पीडा दिनुको सट्टा न्यायका लागि दह्रो साथ दिनुपर्नेमा जोड दिएकी छन् । उनले न्यायको कुरा कानुनले हेर्ने भए पनि मानवता भने समाजले देखाउनुपर्ने तर्क गरेकी छन् ।

चर्चित कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लागेपछि स्वस्तिमाले यस्तो  टिप्पणी गरेकी हुन् ।  लम्सालमाथि अमेरिकामा बस्दै आएको युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएपछि सोही आरोपका आधारमा उनलाई शनिबार बिहान प्रहरीले काठमाडौंबाट पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ।

अभिनेत्री खड्काको भनेकी छन्: 

हामी कति सजिलै प्रश्न गर्छौँ, “एक वर्षसम्म किन नबोलेको ? यतिका समय किन चुप बसेको?” तर हामी यो सोच्दैनौँ कि त्यो मौनता तोडेर हिम्मत जुटाउन उनलाई कति ठुलो मानसिक संघर्ष गर्नुपर्‍यो होला ।

हिंसा विरुद्ध आवाज उठाउनु कमजोरी होइन, बरु डर र सामाजिक त्रासलाई जितेर निकालिएको साहसको गर्जन हो। त्यसैले, आज जसले आफूमाथि भएको अन्याय विरुद्ध बोलिरहेका छन्, उनीहरूलाई प्रश्नले थिच्नुको साटो आड र भरोसा दिने बानी बसालौँ। हामीले जस्तो समाज बनाउँछौँ, भोलि हामी आफैँले त्यही समाजमा बाँच्नुपर्छ। भोलि यस्तै विपत्ति हाम्रै परिवारभित्र आइपर्दा हामीलाई कस्तो महसुस होला?

यो कुरा मनन गरौँ पीडितलाई थप पीडा दिने होइन, न्यायको लागि दह्रो साथ दिने प्रण गरौँ । र रह्यो कुरा न्यायको त्यो त कानुनले हेर्छ, तर मानवता हामीले देखाउनुपर्छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *