Thursday, 23 April 2026
×
राजनीति
   

कमल थापाले गरे काठमाडौँ- ५ बाट मनोनयन दर्ता

६ माघ २०८२, मंगलवार

कमल थापाले गरे काठमाडौँ- ५ बाट मनोनयन दर्ता

काठमाडौँ । राप्रपा नेता कमल थापाले काठमाडौँ- ५ बाट आफ्नो मनोनयन दर्ता गरेका छन् ।

यसअघि मकवानपुरबाट चुनाव लड्दै आएका थापा यस पटक काठमाडौँमा चुनाव लड्न लागेका हुन् ।

यस क्षेत्रमा काँग्रेसले महामन्त्री प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ ।  पौडेलले अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट एमाले नेता ईश्वर पोखरेललाई पराजित गरेका थिए ।  उनले पोखरेललाई ५ हजार ७९ मत अन्तरले पराजित गरेका थिए ।

एमालेले यस पटक पनि यस क्षेत्रमा ईश्वर पोखरेललाई नै उम्मेदवार बनाएको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :