Thursday, 23 April 2026
×
राजनीति
   

कम्युनिस्टको दर्शन अनुसार नचल्दा आजको अवस्था आयो- विद्या भट्टराई

२८ फागुन २०८२, बिहिवार

कम्युनिस्टको दर्शन अनुसार नचल्दा आजको अवस्था आयो- विद्या भट्टराई

काठमाडौँ । पूर्व शिक्षामन्त्री तथा नेकपा एमालेकी नेतृ विद्या भट्टराईले कम्युनिस्टको दर्शन अनुसार पार्टीहरु नचल्दा आजको अवस्था आएको बताएकी छन् ।

उनले कम्युनिस्ट परिवर्तनको पक्षधर शक्ति भन्ने मान्यता दर्शन, सिद्धान्त, विचार र आदर्शवादी व्यवहारबाट निर्माण हुने सामान्य बुझाइ भए पनि व्यवहारमा भने पार्टीहरू त्यही सोचअनुसार सञ्चालन हुन नसकेको बताइन् । उनका अनुसार यही कारणले अहिलेको अवस्था सिर्जना भएको हो । उनले सबै पक्षलाई रचनात्मक संवादमा जोडिन र विगतका कार्यशैली तथा व्यवहारगत कमजोरीको वस्तुगत समीक्षा गर्न आग्रह गरेकी छन् ।

नेतृ भट्टराई यस निर्वाचनमा भने उम्मेदवार बनेकी थिइनन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *