Tuesday, 21 April 2026
×
राजनीति
   

कर्णाली प्रदेश सभाको अधिवेशन आव्हान गर्न सिफारिस

९ माघ २०८२, शुक्रवार

कर्णाली प्रदेश सभाको अधिवेशन आव्हान गर्न सिफारिस

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यही माघ १८ गते दिनको १ बजे कर्णाली प्रदेशसभाको अधिवेशन बोलाउन  प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिएका हुन् ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पहिलो पटक प्रदेश सभाको बैठक बस्न लागेको हो ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :