Sunday, 19 April 2026
×
राजनीति
   

कोशीबाट काँग्रेसका सुनिल बहादुर थापा राष्ट्रिय सभामा निर्बिरोध निर्वाचित

२३ पुष २०८२, बुधवार

कोशीबाट काँग्रेसका सुनिल बहादुर थापा राष्ट्रिय सभामा निर्बिरोध निर्वाचित

विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको अन्य क्लस्टरबाट धनकुटाका सुनिल बहादुर थापा निबिरोध निर्वाचित भएका छन् । अन्य क्लस्टरमा नेपाली काँग्रेसबाट थापाको मात्र उम्मेदवारी परेपछि निर्बिरोध निर्वाचित भएका हुन् ।

नेकपाबाट उम्मेदवार बनाइएका हेमराज घिमिरे अनुपस्थित भएपछि थापा निर्बिरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । घिमिरेले वारेसमार्फत उम्मेदवारी दर्ता गर्न खोजेको तर वारेस दिन पत्रमा उनको हस्ताक्षर नभएको पाइएपछि निर्वाचन अधिकृतको कार्यालयले दर्ता नगरेको बुझिएको छ ।

यस निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र जसपा नेपालले तालमेल गरेका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :