Tuesday, 21 April 2026
×
राजनीति
   

किशोरी साहको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, मातृका यादवको जित कायम

१ चैत्र २०८२, आइतवार

किशोरी साहको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, मातृका यादवको जित कायम

काठमाडौँ । धनुषा- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

साहले आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

अन्तरिम आदेश अस्वीकार भएसँगै धनुषा-१ बाट नेपाली कम्युनिस्ट पार्टीका मातृका यादवको जित कायम भएको छ । निर्वाचन आयोगले यसअघि नै यादवलाई विजयी घोषित गरि प्रमाणपत्र समेत दिइसकेको छ ।    

बैंक तथा वित्तीय संस्थासम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले किशोरीको नाम कालोसूचीमा राखेको हुँदा निर्वाचन आयोगले फागुन १८ गते किशोरीको उम्मेदवारी खारेज गरेको थियो ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *