Thursday, 23 April 2026
×
राजनीति
   

किशोरी साहको उम्मेदवारी खारेजविरुद्धको रिटमा सुनुवाइ सकियो

२९ फागुन २०८२, शुक्रवार

किशोरी साहको उम्मेदवारी खारेजविरुद्धको रिटमा सुनुवाइ सकियो

काठमाडौं । धनुषा-१ मा उमेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साहको रिटमा सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा शाहले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध दिएको रिटको सुनुवाई सकिएको हो ।

उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध साहले फागुन १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । यस रिटको आदेश आजै आउने बताइएको छ ।

सर्वोच्चले अर्को फरक रिटमा बिहीबार शाहलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

निर्वाचनको मौन अवधि शुरु भएपछि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो । सो क्षेत्रमा उनको उम्मेदवारी खारेज भएपछि नेकपाका मातृका यादवलाई निर्वाचित भएको घोषणा गरिनुको साथै प्रमाणपत्र प्रदान गरिएको थियो । मतदानमा शाहको उम्मेदवारी खारेज भएपनि उनले सबै भन्दा बढी मत पाएका छन् । तर आयोगले भने उनको उम्मेदवारी खारेज भएकाले ति मतलाई मान्यता नदिएर दोस्रो धेरै मत ल्याउने नेकपाका यादवलाई विजयी भएको प्रमाण पत्र दिएको थियो । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *