Sunday, 19 April 2026
×
राजनीति
   

कृष्ण सिटौला भन्छन्- विशेष महाधिवेशनको नाममा खैला बैला गर्नु उचित छैन

२५ पुष २०८२, शुक्रवार

कृष्ण सिटौला भन्छन्- विशेष महाधिवेशनको नाममा खैला बैला गर्नु उचित छैन

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले विशेष महाधिवेशन आजको आवश्यकता नभएको बताएका छन् ।

शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै निर्वाचनमा जानुपर्ने समयमा खैला बैला गर्नु आवश्यक नभएको टिप्पणी गरेका हुन् । उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई नै कार्यान्वयन गर्नु नै पार्टीको एकता भएको बताउदै पार्टीमा प्रतिष्पर्धा गर्ने बेला नै नभएको बताए ।

उनले भने- 'आजसम्म जे परिस्थिति जे देखिएको छ, त्यो राम्रो मानिन्न । तथापी हामी पार्टी एकताको पक्षमा लागि रहन्छौँ । पक्षमा कति छन् विपक्षमा कति छन् त्यो अलग कुरा हो, विशेष महाधिवेशन आजको आवश्यकता होइन, आजको आवश्यकता पार्टीमा एकता देखाउने र निर्वाचनमा तयारीमा सबैले जुट्नु पर्ने बेला हो । यस्तो बेलामा खैला बैला गर्नु उचित छैन । केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गर्नु पार्टीको हितमा हुन्छ ।'

सिटौला शुरु देखि नै विशेष महाधिवेशनको विपक्षमा रहेका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :