लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य हो- अर्जुननरसिंह केसी
१९ चैत्र २०८२, बिहिवार
१९ चैत्र २०८२, बिहिवार
काठमाडौं । प्रतिनिधिसभाको अध्यक्षता गरेका अर्जुननरसिंह केसीले संसदलाई प्रभावकारी बनाउन शिष्ट, मर्यादित र जिम्मेवार व्यवहार हुने अपेक्षा व्यक्त गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको अध्यक्षता गर्दै केसीले प्रतिनिधिसभा निर्वाचनले ऐतिहासिक उपलब्धि हासिल गरेको र जनताको अपेक्षाअनुसार शासन प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको बताएका हुन् ।
उनले शासन सञ्चालनको संस्कार र संस्कृति परिवर्तनको आवश्यकता जनताको चाहना रहेको उल्लेख गर्दै राजनीतिक स्थिरता, सुशासन र विधिको शासन स्थापनामा सहकार्य र समन्वय हुनुपर्ने बताए ।
केसीले लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य भएको उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्षबीच रचनात्मक सहकार्यको आवश्यकता रहेको बताए ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio