Sunday, 19 April 2026
×
राजनीति
   

महिला उद्यमशीलता राष्ट्रिय विकासको महत्वपूर्ण आधार हो- उपराष्ट्रपति यादव

२० चैत्र २०८२, शुक्रवार

महिला उद्यमशीलता राष्ट्रिय विकासको महत्वपूर्ण आधार हो- उपराष्ट्रपति यादव

ललितपुर । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिला उद्यमशीलता राष्ट्रिय विकासको महत्वपूर्ण आधार भएको बताएका छन् ।

ललितपुरमा आयोजित नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला उद्घाटन गर्दै उनले महिला उद्यमशीलताले व्यक्तिगत आर्थिक सशक्तिकरणसँगै सामाजिक रूपान्तरणमा समेत ठोस योगदान दिने उल्लेख गरेका हुन् ।

उनले महिलाहरू उद्यममार्फत आत्मनिर्भर बन्दै परिवार, समाज र राष्ट्रको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउदै स्वदेशी उत्पादनको उपयोग र प्रवर्द्धनले स्थानीय उद्यमीलाई प्रोत्साहन मिल्ने, आयात घटाउने र निर्यात बढाउने विश्वास व्यक्त गरेका थिए ।

उनले भने- 'महिला उद्यमीहरूको उत्पादनले आयात प्रतिस्थापन गर्नुका साथै निर्यातलाई प्रोत्साहन गर्दछ । यसले रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको सदुपयोग गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्छ ।'

उपराष्ट्रपति यादवले महिला उद्यमशीलताबाट रोजगारी सिर्जना, स्थानीय स्रोतसाधनको सदुपयोग र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्ने बताए । उनले पछिल्लो समय महिलाहरू साना घरेलु उद्योगदेखि व्यावसायिक क्षेत्रमा सक्रिय भई सामाजिक सशक्तिकरणमा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गरेका थिए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *