Tuesday, 21 April 2026
×
राजनीति
   

महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने काँग्रेसको निर्णय

११ चैत्र २०८२, बुधवार

महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्ने भएको छ ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले यस अघि सभापति गगन थापाले पेश गरेको महाधिवेशनको कार्यतालिकामा संशोधन गर्दै असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको 

प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । यस अघि सभापति थापाले भदौ २४, २५ र २६ मा गर्ने प्रस्ताव गरेका थिए ।

प्रवक्ता चालिसेले १५औँ महाधिवेशनको प्रक्रिया चैत २३ गतेदेखि सुरू हुने जानकारी दिदै २०८३ भदौ २ गतेदेखि वडा अधिवेशन, गाउँ तथा नगर अधिवेशन भदौ ७ मा हुनेगरी निर्णय गरिएको बताए । 

बैठकका बाँकी निर्णयहरू बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *