Sunday, 19 April 2026
×
राजनीति
   

मैले अपेक्षा गरेअनुसार परिणाम आएन- सुहाङ नेम्वाङ

१८ चैत्र २०८२, बुधवार

मैले अपेक्षा गरेअनुसार परिणाम आएन- सुहाङ नेम्वाङ

काठमाडौँ । नेकपा एमालेका सांसद एवं युवा नेता सुहाङ नेम्वाङले आफूले अपेक्षा गरेअनुसार परिणाम नआएको बताएका छन् ।

संसदीय दलको नेता चयनमा उम्मेदवार दिन समेत असफल भएका नेम्वाङले प्रतिक्रिया दिदै आफुले एक पाइला चालेको बताउदै अब यस्ता पाइला चाल्दै जाने बताएका हुन् ।

संसदीय दलमा सुहाङले प्रस्तावक र समर्थक बस्न अन्य संसद हरुले अस्वीकार गरेपछि उम्मेदवारी दर्ता गर्न असफल भएका थिए । उनले सञ्चारकर्मीसँग भने- 'मभन्दा अर्को उम्मेदवार संसदीय दलको नेता हुन योग्य छ भन्ने खालको नतिजा आएको छ ।'

साथै सुहाङ संसदमा प्रवेश गर्दा सत्ता र प्रतिपक्षको सोचभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्ने आफुले बताउदै आएको उल्लेख गर्दै सरकारले गरेका राम्रा कामहरुलाई हामीले सहयोग पुर्याउनुपर्ने बताए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *