Sunday, 19 April 2026
×
खेलकुद
   

मल्लोर्कामाथि बार्सिलोनाको शानदार जित

२५ माघ २०८२, आइतवार

मल्लोर्कामाथि बार्सिलोनाको शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले मल्लोर्कामाथि सहज जित हासिल गरेको छ ।

शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले मल्लोर्कालाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, लामिन यमल र मार्क बेर्नालले एक एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोना २३ खेलमा ५८ अंक सहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २२ खेलमा ५४ अंक रहेको छ । त्यस्तै मल्लोर्काको २३ खेलमा २४ अंकसहित १५औं स्थानमा रहेको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :