मन्त्री महावीर पुन भन्छन्- विदेश घुमेर अर्थतन्त्र बन्छ ?
२५ पुष २०८२, शुक्रवार
२५ पुष २०८२, शुक्रवार
काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले दुई देशको भ्रमणको निमन्त्रणा अस्वीकार गरेको बताएका छन् । उनले साउदी अरेबिया र इजरायलमा आयोजना हुने कार्यक्रममा सहभागी नहुने निर्णय गरेको जानकारी दिएका छन् ।
शुक्रबार फेसबुकमार्फत पुनले विगतजस्तै पहिल्ला तीन वटा भ्रमणको निमन्त्रणा अस्वीकार गरेको बताउदै फेरी दुई निमन्त्रणा आएको बताएका छन् । मन्त्री पुनले यी निमन्त्रणामा पनि विदेश नजाने बताउदै उनले देशको अर्थतन्त्र सुधार नभएसम्म प्रधानमन्त्री वा अर्थमन्त्री फेरिए पनि ठोस प्रगति नहुने उल्लेख गरेका छन् ।
साउदी अरेबियाले रियादमा आयोजना गर्ने मानव क्षमता पहलको तेस्रो संस्करणमा वक्ताका रूपमा सहभागी हुन मन्त्रीलाई निमन्त्रणा गरेको थियो भने इजरायलको जेरुसेलममा आयोजना हुने शैक्षिक सम्मेलनका लागि पनि औपचारिक निमन्त्रणा गरिएको थियो ।
उनले भनेका छन्- 'म मन्त्री भए पछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गइन। अहिले पनि दुई वटा निमन्त्रणा आएछ । यसमा पनि जान्न। देशको अर्थतन्त्र नसुधारे सम्म जो सुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किन भने केही गर्न पैसा चाहिन्छ । विदेश घुमेर अर्थतन्त्र बन्छ ??'
खेलकुदमन्त्री बब्लु गुप्ताको विदेश भ्रमण स्वीकृत भएपछि विवादमा परेको बेला नागरिक सरकारमै रहेका पुनले भने विदेश भ्रमणका निमन्त्रणा अस्वीकार गरिरहेको बताएका छन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio