Sunday, 19 April 2026
×
राजनीति
   

नेकपाबाट बागमतीको पुरुषतर्फ सिन्धुपाल्चोकका सापकोटा बने राष्ट्रिय सभाको उम्मेदवार

२३ पुष २०८२, बुधवार

नेकपाबाट बागमतीको पुरुषतर्फ सिन्धुपाल्चोकका सापकोटा बने राष्ट्रिय सभाको उम्मेदवार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले बागमती प्रदेशका लागि पुरूषतर्फ सिन्धुपाल्चोकका प्रेम प्रसाद सापकोटालाई उम्मेदवार बनाएको छ ।

संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सापकोटालाई बुधबार बिहान उम्मेदवार सिफारिस गरिएको पत्र दिएका हुन् ।

राष्ट्रिय सभामा फागुन २० देखि रिक्त हुने १८ सिटमा माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।

नेपाली कम्युनिष्ट पार्टीले नेपाली कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्ने भनिए पनि अहिलेसम्म टुंगिन नसकेको बताइएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :