Sunday, 19 April 2026
×
राजनीति
   

नेपाली कांग्रेसले प्रदेशस्तरीय निर्वाचन समीक्षा गर्दै, यस्तो छ तालिका

१७ चैत्र २०८२, मंगलवार

नेपाली कांग्रेसले प्रदेशस्तरीय निर्वाचन समीक्षा गर्दै, यस्तो छ तालिका

काठमाडौं । नेपाली कांग्रेसले देशभर निर्वाचन समीक्षा तथा भावी रणनीतिबारे व्यापक छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार ७ वटै प्रदेशमा समीक्षा कार्यक्रम सञ्चालन गरिने भएको हो ।

पार्टीका महामन्त्री प्रदीप पौडेलले जारी गरेको कार्यक्रम अनुसार १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग समिक्षात्मक छलफल गरिने र केन्द्रीय प्रतिनिधिको उपस्थितिमा प्रत्येक क्षेत्रमा अध्ययन र समीक्षा प्रक्रिया पनि अगाडि बढाइने उल्लेख छ ।

जस अनुसार चैत्र २३ गते कोशी प्रदेश अन्तर्गत विराटनगरमा समीक्षा कार्यक्रम आयोजना हुनेछ भने त्यसको संयोजक डिला संग्रौला पन्तले गर्नेछिन् । यस्तै, फरमूल्लाह मंसुरको संयोजकत्वमा चैत्र २५ गते मधेश प्रदेश अन्तर्गत जनकपुरमा समीक्षा कार्यक्रम आयोजना हुनेछ । त्यसैगरी बागमती प्रदेशको हेटौंडामा वैशाख ७ गते बहादुर सिंह लामाको संयोजकत्वमा समीक्षा कार्यक्रम आयोजना हुनेछ भने गण्डकी प्रदेश अन्तर्गत पोखरामा चैत्र २७ गते देवराज चालिसेको संयोजकत्वमा कार्यक्रम हुनेछ ।

लुम्बिनी प्रदेश अन्तर्गत दाङमा चैत्र २९ योगेन्द्र चौधरीको संयोजकत्वमा, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख ३ गते कर्णबहादुर बुढाको संयोजकत्वमा कार्यक्रम हुने बैठकले निर्णय गरेको छ । यसैगरी सुदूरपश्चिम प्रदेशको कैलालीमा वैशाख ५ गते प्रकाश रसाइली स्नेहीको संयोजत्वमा, 

कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित प्रदेशका संयोजकहरूसँग समन्वय गरिने र कार्यक्रममा केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय सभापतिहरू तथा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको सहभागिता रहने जानकारी पौडेलले दिएका छन् । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *