Thursday, 23 April 2026
×
खेलकुद
   

नेपाली महिला क्रिकेट टिम अमेरिकासँग अभ्यास खेलमा ८ विकेटले पराजित

२३ पुष २०८२, बुधवार

नेपाली महिला क्रिकेट टिम अमेरिकासँग अभ्यास खेलमा ८ विकेटले पराजित

काठमाडौँ । नेपाली महिला राष्टिय क्रिकेट टिम अमेरिकासँगको अभ्यास खेलमा ८ विकेटले पराजित भएको छ ।

अपर मूलपानी क्रिकेट मैदानमा बुधबार सम्पन्न अभ्यास खेलमा अमेरिकाले नेपाललाई ८ विकेटले पराजित गरेको हो । नेपालले दिएको १५४ रनको लक्ष्य पछाएको अमेरिकाले २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

 नेपालले आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर शुरु हुनु अघि तीन अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । अब जनवरी ९ मा स्कटल्याण्डसँग र जनवरी ११ मा जिम्बाबेसँग खेल्ने तालिका रहेको छ ।

जनवरी १४ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :