Thursday, 23 April 2026
×
राजनीति
   

निर्वाचन आयोगले अन्यथा निर्णय गरेमा आन्दोलन गर्छौं- पूर्णबहादुर खड्का

२ माघ २०८२, शुक्रवार

निर्वाचन आयोगले अन्यथा निर्णय गरेमा आन्दोलन गर्छौं- पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली काँग्रेसका देउवा पक्षका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले निर्वाचन आयोगले अन्यथा निर्णय गरेमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सानेपा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै खड्काले आयोगले अन्यथा निर्णय गरेमा देशभरका नेता कार्यकर्तालाई तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् ।

उनले देशको सबै भन्दा ठुलो दल नेपाली काँग्रेसको विषयमा मिडिया र सामाजिक सञ्जालको प्रभावमा परेर आयोगले अन्यथा निर्णय नगर्ने विश्वास आफुले गरेको बताए ।

उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशन माग गर्ने अधिकार छ तर बोलाउने अधिकार नरहेको दाबि गरे । विशेष महाधिवेशन पार्टीलाई क्षति पुर्याउने उद्धेश्यबाट प्रेरित भएको भन्दै त्यो अवैधानिक रहेको बताए ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :