निर्वाचन आयोगले तोक्यो उम्मेदवारको खर्चको सीमा
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले उम्मेदवारको खर्च सीमा तोकेको छ । आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा प्रत्यक्ष लड्ने उम्मेदवारले २५ लाख देखि ३१ लाखसम्म अधिकतम पैसा खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो ।
आयोगले भौगोलिक क्षेत्रअनुसार खर्च सीमा निर्धारण गरेको छ । काठमाडौंको १० मध्ये १,३,६,७ र ८ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रूपैयाँ खर्च गर्न पाउने र काठमाडौंको २, ४, ५, ९ र १० नम्बर क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाखसम्म खर्च गर्न पाउने सीमा तोकिएका छन् । त्यस्तै भक्तपुर र ललितपुरका उम्मेदवारले पनि २७ लाख नै खर्च गर्न पाउने सीमा तोकिएका छन् ।
झापा १ र ४, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट लगायतका जिल्लामा उठ्ने उम्मेदवारले २९ लाख खर्च गर्न सक्नेछन्।
अधिकतम ३१ लाख खर्च गर्न पाउनेमा झापाको २,३,५ का उम्मेदवारसहित इलाम, धनकुटा, मोरङ, सुनसरी, ओखलढुंगा, सिन्धुली, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, कास्की, म्याग्दी, पर्वत, दार्चुला, कैलाली, डडेल्धुरा, सुर्खेत, कालिकोट, मुगु, दाङ, कपिलवस्तु, रुपन्देही, गुल्मी रुकुम पश्चिम, बारा, सर्लाही, उदयपुर लगायतका जिल्ला रहेका छन् ।
त्यस्तै ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङ, बर्दिया, सल्यान, डोल्पा, जाजरकोट, बझाङ, डोटी, बैतडी बर्दियाका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले भने अधिकतम ३३ लाख खर्च गर्न पाउने सीमा तोकिएको छ ।
आयोगले उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता सञ्चालन गरी सोही खाताबाट खर्च गर्नुपर्ने आयोगले जनाएको छ । खर्च गर्दा उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी सम्बन्धित व्यक्तिको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ । निर्वाचन सकिएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने नियम रहेको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio