Sunday, 19 April 2026
×
राजनीति
   

निर्वाचन आयोगमा समानुपातिकको सूची बुझाउनेक्रम जारी

१४ पुष २०८२, सोमवार

निर्वाचन आयोगमा समानुपातिकको सूची बुझाउनेक्रम जारी

काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको सूची बुझाउने क्रम जारी रहेको छ ।

निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिक सूची बुझाउन समय दिए बमोजिम आज सुची बुझाउने अन्तिम दिन हो । दलहरुले समानुपातिकतर्फको बन्दसूची बुझाउने क्रम जारी रहेको छ । 

अहिलेसम्म नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जसपा नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतले समानुपातिकको बन्द सूची बुझाइसकेका छन् ।

समानुपातिक सुची बुझाउन नेपाली कांग्रेस, एमालेसहितका दलका नेताहरु अहिले आयोग पुगिसकेका छन् । 

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :