निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गर्यौं- प्रधानमन्त्री कार्की
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरेको बताएकी छन् ।
मंगलबार काठमाडौँको टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभर बन्दै गएको बताउदै निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरेको बताएकी हुन् ।
उनले राजनीतिक दलहरुका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको र यसका लागि राजनीतिक दलको नेतृत्व तथा युवाहरुले देखाएको सुझबुझका लागि आभार व्यक्त गरेकी छन् ।
साथै उनले सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको बताएकी छन् ।
सो अवसरमा उनले तमु गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् । उनले सांस्कृतिक विविधता नेपालको गौरव भएको बताउदै यही विविधता नै हाम्रो ठूलो शक्ति भएको बताएकी छन् । उनले तमु ल्होसारजस्ता पर्वहरूले हामीलाई आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गर्ने र यस्ता पर्वहरूले समाजमा मेलमिलापको सन्देश फैलाउँछन् र प्रकृतिसँग सहअस्तित्वको पाठ सिकाउने उल्लेख गरिन् ।
उनले नेपाली समाजको अर्को सुन्दर पक्ष भनेको जस्तोसुकै चुनौती र कठिन परिस्थितिमा पनि हामी एकआपसमा हातेमालो गर्दै समाधान खोज्न सक्छौँ भन्ने विश्वास भएको उनले बताइन ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio