Sunday, 19 April 2026
×
राजनीति
   
विचार
   
गृहपृष्‍ठ
   
समाचार
   

नारायणहिटी दरबारमा राजाको ताजा फोटो; ड्रेस सहित राजावादी कमाण्डो फोर्स पुग्दा; तात्यो माहोल

२० फागुन २०८१, मंगलवार

नारायणहिटी दरबारमा राजाको ताजा फोटो; ड्रेस सहित राजावादी कमाण्डो फोर्स पुग्दा; तात्यो माहोल

काठमाडौं । नारायणहिटी राजदरबार लाई सरकारले जवरजस्ती संग्राहालय बनाएको भन्दै राजावादी अभियन्ताहरुको समूहले मंगलबार नारायणहिटी राजदरबार लेखेको ब्यानर टाँसेका छन् ।

राजा ज्ञानेन्द्रले गत फागुन ७ गते आफूलाई साथ दिन आव्हान गरेपछि यतिबेला राजावादी संघसंस्थाले देशभर आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आइरहेका छन् । सोही अवसरमा मङ्गलबार नारायणहिटी संग्राहलयमा राजदरबार लेखेको व्यानर टाँसिएको हो ।

राजसंस्था पुर्नस्थापित गर्नुपर्ने राजासंग तत्कालीन अवस्थामा गरिएको सम्झौता पालना गर्नुपर्ने जस्ता नाराबाजी सहित नारायणहिटी दरबार क्षेत्रमा पुगेका आन्दोलनकारी लाई प्रहरीले रोक्ने प्रयास गरेको भएपनि उनीहरूले व्यानर नराखी नजाने अडान राखेपछि प्रहरी पछि हटेको सन्तोष राजावादीले जानकारी दिए।

दलहरुले राजालाई धोक्का दिएको कारण आफूहरु सम्झौता लागू गराउन सडकमा आउनु परेको उनले स्पष्ट पारे । आन्दोलनकारी हिँडेपछि प्रहरीले उक्त व्यानर निकालेको छ ।

अहिले राप्रपा लगायतका अधिकाँश राजावादी संघसंस्थाहरु यतिबेला सडक र सदनमा राजसंस्था र हिन्दुराज्यको पुन:स्थापनाको माग सहित खरो रूपले आन्दोलनमा उत्रेका छन् । तर उनीहरूको मागका सम्बन्धमा ठूला दलहरु उदासीन रहेको देखिन्छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *