Sunday, 19 April 2026
×
खेलकुद
   

नोट्टीङघममाथि एस्टन भिल्लाको सहज जित, दोस्रो स्थानमा उक्लियो

२० पुष २०८२, आइतवार

नोट्टीङघममाथि एस्टन भिल्लाको सहज जित, दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लाले नोट्टीङघम फोरेस्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले नोट्टीङघाम लाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

एस्टन भिल्लाको जितमा जोन म्याकगिनले २ गोल गरेका थिए भने ओली वाटकिन्सले एक गोल गरेका थिए । त्यसैगरी नोट्टीङघमका लागि एक गोल मोर्गन गिब्स ह्वाइटले गरेका थिए ।

यो जितपछि एस्टन भिल्लाको २० खेलमा ४२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै नोट्टीङघमको २० खेलमा १८ अंक रहेको छ र हाल लिगमा १७औं स्थानमा रहेको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :