Tuesday, 21 April 2026
×
राजनीति
   

नेविसंघ काँग्रेसबाट अलग हुने विषय केन्द्रीय समितिमा, विद्यार्थीहरुले गराए ध्यानाकर्षण

८ चैत्र २०८२, आइतवार

नेविसंघ काँग्रेसबाट अलग हुने विषय केन्द्रीय समितिमा, विद्यार्थीहरुले गराए ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले संगठनभित्र पछिल्लो समय देखिएका गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

आइतबार नेपाली कांग्रेस केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई एक ज्ञापनपत्र बुझाउँदै उनीहरूले संगठनको ऐतिहासिक गरिमा र विधानको रक्षा गर्न माग गरेका हुन् । ज्ञापनपत्रमार्फत नेविसंघका आस्थावान कार्यकर्ताहरूले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघले पुर्याएको योगदानको स्मरण गर्दै स्थापनाकालदेखि नै संगठनले कांग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसात् गर्दै आएको उल्लेख गरेका छन् ।

नेविसंघले आफुलाई काँग्रेसबाट अलग गर्ने निर्णय गरेको विषय केन्द्रीय समितिमा नेताहरुले उठाइरहेको बताउदै काँग्रेस प्रवक्ता देवराज चालिसेले यस बारेमा पार्टीले निर्णय लिने बताएका छन् ।

उनले भने- नेविसंघ, महिला संघ, तरुण दल लगायत पार्टीका भातृ संस्थाहरु पार्टीको विधान अनुसार निर्माण भएका संस्थाहरु हुन् । नेपाली काँग्रेसले निर्माण गरेका संस्था हुन् । पार्टीले निर्माण भएका संस्थाले आफु अलग भए भन्ने घोषणा गर्नु कति राजनीतिक, वैधानिक हुन्छ, त्यो भन्नेले बुझ्नुपर्ने कुरा हो ।  पार्टीको बैठकमा यो विषयले प्रवेश पाएको छ, यो पार्टी भित्रको अनुशासनको विषय हुन सक्छ । यो पार्टीको लक्ष्मण रेखा भन्दा बाहिर गएको विषय हो ।'

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *