Sunday, 19 April 2026
×
राजनीति
   

ओली र लेखक पक्राउ परेपछि हर्क साम्पाङको प्रतिक्रिया- प्रतिशोधको राजनीति !

१४ चैत्र २०८२, शनिवार

ओली र लेखक पक्राउ परेपछि हर्क साम्पाङको प्रतिक्रिया- प्रतिशोधको राजनीति !

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि प्रतिक्रिया दिदै सरकार प्रतिशोधमा लागेको टिप्पणी गरेका छन् ।

साम्पाङले आफुले चुनावको क्रममा नै अरुले जितेमा प्रतिशोधको राजनीति हुने भनेको बताउदै प्रगतिको राजनीति श्रम संस्कृति नै भएको बताएका छन् । 

उनले भनेका छन्- 'मेरो कुरा ढिलो गरी बुझ्छन् ! मैले ओखल्ढुङ्गाको  कार्यक्रममा भन्याथें "अरु जस्ले जिते नि प्रतिशोधको राजनीति हुन्छ ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो ! " भनेर ! अब हुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !'

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *