Sunday, 19 April 2026
×
राजनीति
   

ओली र लेखक पक्राउ परेपछि सुदन गुरुङ भन्छन्- यो प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो

१४ चैत्र २०८२, शनिवार

ओली र लेखक पक्राउ परेपछि सुदन गुरुङ भन्छन्- यो प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको जानकारी दिदै कानुन माथि कोहि नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै ओली र लेखकलाई नियन्त्रणमा लिएको र यो कसैप्रति प्रतिशोध नभएको र केवल न्यायको सुरुवात भएको बताएका छन् ।

उनले भनेका छन्- 'कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।'

प्रहरीले शनिबार बिहान लेखक र ओलीलाई उनीहरुकै निवासबाट पक्राउ गरेको थियो । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *