Sunday, 19 April 2026
×
राजनीति
   

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

१५ चैत्र २०८२, आइतवार

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा र काँग्रेस नेता रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

 जिल्ला अदालत काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ओली र लेखकलाई १० दिनको म्याद थप गर्न अनुमति दिएको हो ।

आजको इजलासमा ओलीलाई भिडियो कन्फेरेन्सको माध्यमबाट अदालतमा उपस्थित गराइएको थियो भने काँग्रेस नेता लेखक उपस्थित भएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न समय माग गरेको थियो । 

शनिबार पक्राउ परेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *