Sunday, 19 April 2026
×
राजनीति
   

ओलीको विदेश भ्रमण रोक र स्थान हद फुकुवा

२१ पुष २०८२, सोमवार

ओलीको विदेश भ्रमण रोक र स्थान हद फुकुवा

काठमाडौं । भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगलेनेकपा  एमाले अध्यक्ष केपी शर्मा ओलीको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गरेको छ ।

सोमबार आयोगले उनीमाथि लगाइएको बन्देज फुकुवाको गरेको आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिएका छन् ।

आयोगले घटनाको जाँचबुझ तथा छानबिनको सिलसिलामा तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक र अनुमतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी असोज १२ मा निर्णय गरिएकोमा सोधपुछलगायत बुझ्ने कार्य सकिएकाले उक्त निर्णयको औचित्य समाप्त भइसकेको भन्दै फुकुवा गरिएको उल्लेख गरेको छ ।

ओलीलाई आयोगले आइतबार बयानको पत्र काटेकोमा पत्र लिएर आफ्नो निवास गुण्डु गएको आयोगको टोलीलाई उनले लिखित बयान पठाएका थिए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :