Tuesday, 21 April 2026
×
राजनीति
   

ओलीले तिब्र बनाए भेटघाट, आक्रामक रणनीति बनाउदै बालेन

७ माघ २०८२, बुधवार

ओलीले तिब्र बनाए भेटघाट, आक्रामक रणनीति बनाउदै बालेन

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा भेटघाट तीव्र बनाएका छन् । दमक पुगेका उनले एमालेका तल्लो स्तरका कार्यकर्तासँग छलफल शुरु गरेका हुन् ।

मंगलबार मनोनयन दर्ता गरेपछि ओलीले बुधबार बिहानदेखि विभिन्न वडाका नेता कार्यकर्तासँग छलफल थालेका हुन् । उनले युवाहरुसँग छलफल गर्दै आफ्नो क्षेत्रमा जारी विकास निर्माणका कामको प्रगति र आगामी योजनाका बारेमा छलफल गरिरहेका छन् ।

ओलीविरुद्ध बालेन शाहले रास्वपाबाट उम्मेदवारी दिएपछि झापा यस चुनावको इपिसेन्टर बनेको छ । अर्कोतर्फ बालेनले पनि विभिन्न समुह र व्यक्तिहरुसँग भेटघाट तिब्र बनाएका छन् । दमकमा बालेनको पक्षमा खुल्नेहरुको संख्या पनि बढिरहेको छ  । यसअघि राप्रपा दमकका सभापतिले राजीनामा दिएर बालेनको समर्थन गरेका थिए भने बुधबार बिहान एमाले निकट युवा संघका दमक अध्यक्षले पनि पार्टी छोडेर बालेनको समर्थन गरेका छन् ।

मनोनयन दर्तासँगै ओली र बालेनले आगामी दिनमा थप आक्रामक रुपमा चुनावी प्रचार गर्ने संकेत गरेका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :