Sunday, 19 April 2026
×
खेलकुद
   

ओमानले टस जित्यो, श्रीलंकाले पहिला ब्याटिंग गर्दै

२९ माघ २०८२, बिहिवार

ओमानले टस जित्यो, श्रीलंकाले पहिला ब्याटिंग गर्दै

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज पहिलो खेल श्रीलंका र ओमानबीच शुरु हुदैछ ।

श्रीलंकाको पाल्लेकेलेमा हुने यो खेलमा ओमानले टस जितेर पहिला फिल्डिङ रोजेको छ । यससँगै श्रीलंकाले पहिला ब्याटिंग गर्ने भएको छ ।

समुह बी मा श्रीलंकाले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ भने ओमानले पहिलो खेलमा हार बेहोरेको थियो ।

आज श्रीलंकाको प्लेइङ ११ मा दासुन शानाका (कप्तान), पाथुम निसान्का, कामिल मिश्रा, कुसल मेन्डिस (विकेटकिपर), पवन रथनायके, कामिन्दु मेन्डिस, दुनिथ वेललागे, दुषन हेमन्था, दुष्मन्था चमेरा, महीश थिक्सना र माथीशा पाथिरना रहेका छन् । 

त्यस्तै ओमानको प्लेइङ ११मा जतिन्दर सिंह (कप्तान), आमिर कलीम, हम्माद मिर्जा, वसीम अली, मोहम्मद नदीम, जितेन रामानन्दी, विनायक शुक्ला, सुफयान महमूद, नदीम खान, शाह फैसल र जय ओडेद्रा रहेका छन् ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :