पाकिस्तानविरुद्ध टी-२० सिरिज खेल्ने अस्ट्रेलियन टिमको घोषणा
५ माघ २०८२, सोमवार
५ माघ २०८२, सोमवार
काठमाडौँ । अस्ट्रेलियाले टी-२० क्रिकेट विश्वकपअघि पाकिस्तान भ्रमणको लागि १७ खेलाडीको टोली घोषणा गरेको छ । दुई टोलीले तीन खेलको टी-२० सिरिज खेल्ने तालिका छ ।
अस्ट्रेलियाले घाइते प्याट कमिन्स, जोश हेजलवुड र टिम डेभिडलाई आराम दिएको छ, जसले गर्दा उनीहरूलाई टी-२० विश्वकपअघि आफ्नो फिटनेसमा काम गर्न थप समय मिलेको छ ।
अस्ट्रेलियाले बिग ब्यास लिगमा राम्रो प्रदर्शन गर्ने महली बियर्डम्यान र ज्याक एडवर्ड्सलाई समावेश गरेको छ । बियर्डम्यान र एडवर्ड्सले अहिलेसम्म आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेका छैनन्, तर दुवैले गत वर्ष भारतको अस्ट्रेलिया भ्रमणको क्रममा फरक-फरक समयमा अस्ट्रेलियाको ह्वाइट बल टिमका हिस्सा थिए ।
अस्ट्रेलियाली टोली: मिच मार्श (कप्तान), शन एबोट, जेभियर बार्टलेट, महली बियर्डम्यान, कूपर कोनोली, बेन द्वारशुइस, ज्याक एडवर्ड्स, क्यामरुन ग्रिन, ट्राभिस हेड, जोश इङ्गलिस, म्याथ्यू कुन्नेम्यान, मिच ओवेन, जोश फिलिप, म्याथ्यू रेन्शा, म्याट सर्ट, मार्कस स्टोइनिस र एडम जाम्पा ।
अस्ट्रेलियाले पाकिस्तानविरुद्ध जनवरी २९ मा पहिलो खेल खेल्ने छ भने जनवरी ३१ मा दोस्रो र फेब्रुअरी १ मा तेस्रो खेल खेल्ने तालिका रहेको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio