पाल्पा- २ मा एमालेले तीन पटक फेर्यो टिकट, अन्तत: ठाकुर गैरे उम्मेदवार
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार
पाल्पा । नेकपा एमालेले पाल्पा–२ मा ठाकुर गैरेलाई टिकट दिएको छ । यस अघि रामबहादुर राउतलाई दिएको टिकट परिवर्तन गरी युवा नेता ठाकुर गैरेलाई टिकट दिइएको हो ।
एमालेको सचिवालय बैठकले यस क्षेत्रमा एमाले उपाध्यक्ष विष्णु पौडेललाई उम्मेदवार बनाएको थियो तर चौतर्फी आलोचनापछि उनलाई रुपन्देहीमै फर्काएर रामबहादुर राउतलाई टिकट दिएको थियो । तर ठाकुरलाई टिकट नदिएको भन्दै जिल्लामा असन्तुष्टि देखिएपछि अन्तत: उनलाई टिकट दिइएको छ । गैरे अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए । गैरेले नेपाली कम्युनिष्ट पार्टीका नेता सोमप्रसाद पाण्डेलाई ३ हजार ७४६ मत अन्तरले पराजित गरेका थिए ।
एमालेले पाल्पा- १ मा नारायण आचार्य उम्मेदवार बनाएको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio