प्रचण्डलाई ‘प्रश्न सोध्छु’ भन्ने नुवाकोटे युवालाई वाईसीएलको मुक्का
१८ जेठ २०८२, आइतवार
१८ जेठ २०८२, आइतवार
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मौन आदेशमा प्रश्न सोध्ने एक युवकमाथि वाईसएलल मुक्का प्रहार गरेका छन् भने प्रहरीले हिरासतमा राखेको छ। शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका –३ चोकदेस्थित बागेश्वरी माविको हिरक जयन्ती समारोहमा प्रचण्डलाई ‘एउटा प्रश्न छ, सोध्छु’ भन्ने सोही गाउँपालिका–२ बोहोरेका जनार्दन अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरी नियन्त्रणमा रहेका अधिकारीलाई वाईसीएलले मुक्का प्रहार गरिदियो। उनले प्रश्न छ भन्दा प्रचण्डले ‘यो समय सवालजवाफ गर्ने होइन। तपाई अघि पत्रकार सम्मेलनमा आउनु भएन, प्रश्न त त्यही सोध्न पाइन्थ्यो नि’ भन्ने जवाफ दिए। जबकि, पत्रकार सम्मेलनमा पनि गैरपत्रकार नागरिकले प्रश्न सोध्न पाउने अधिकार होइन। ‘जनताले नेतालाई प्रश्न नै सोध्छु भन्दा यो तहको यातना दिइन्छ भने कुन गणतन्त्र ल्याएछ माओवादीले?’, सर्वसाधारणले प्रश्न गरेका छन्। कार्यक्रममा सहभागी भएका कतिपय महिलालेचाहिँ अधिकारीले प्रश्न गर्न पाउनुपर्ने र सोध्छु भन्दा नै किन धरपकड गरेको भनी बिरोध समेत जनाएका थिए। प्रचण्डले यति भनिसक्दा नसक्दै उनका पीएसओले युवकलाई बाहिर जान निर्देशन दिए। केही प्रहरी आएर उनलाई पक्राउ गरेर लगे। पाँच मिटर पर पुग्ने बित्तिकै युवकमाथि अन्य व्यक्तिले युवकमाथि हातपात गरे। यसो भइरहँदा आयोजकले प्रचण्डलाई मायाको चिनो प्रदान गरेको थियो। दर्शकदिर्घाबाट धेरैको आवाज आयो ‘प्रश्न राख्छु भन्दैमा हातपात गर्न र लछारपछार गर्न त पाइँदैनन नि हो, छ?’ युवकले प्रहरीकै घेरामा केही मुक्काको सामना गरे। प्रहरीले पक्राउ गरेका युवक अधिकारीको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। उनलाई तत्काल रिहा गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन्। कतिपय राजनीतिक टिप्पाणीकारले यस्तो घटना भनेको प्रचण्डकै गुन्डागर्दी शैली रहेको पनि बताइन्छ। अर्कातिर भने प्रचण्डमाथि असुरक्षा हुन सक्ने सम्भावनाका कारण पनि युवालाई रोकिएको अनुमान गरिन्छ। किनभने प्रचण्डले एक पटक चड्कन र अर्को पटक जुत्ताको झटारो भेटेका थिए। स्मरणीय छ, पदम कुँवरले चड्कन र रतन तिरुवाले जुता प्रहार गरेका थिए। यस घटनापछि प्रचण्डको सुरक्षा टोली केही चनाखो हुने गरेको पाइन्छ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio