Thursday, 23 April 2026
×
राजनीति
   

प्रकाशमानले दिए काठमाडौँ- १ का उम्मेदवार प्रबल थापालाई शुभकामना

७ माघ २०८२, बुधवार

प्रकाशमानले दिए काठमाडौँ- १ का उम्मेदवार प्रबल थापालाई शुभकामना

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ- १ बाट उम्मेदवार बनेका प्रबल थापालाई शुभकामना दिएका छन् ।

आफ्नै निवासमा पुगेका थापालाई प्रकाशमानले शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।

यसअघि प्रकाशमान सिंहले जित्दै आएको यस क्षेत्रमा यस पटक उनलाई टिकट नदिएर पार्टीले थापालाई टिकट दिइएको छ । यस क्षेत्रवाट सिंहले २०६४, २०७०, २०७४ र २०७९ मा गरेर चार पटक चुनाव जितेका थिए ।

विशेष महाधिवेशनको विपक्षमा उभिएका गणेशमान पुत्र प्रकाशमानसहित यस पटक काँग्रेसले विपी पुत्र शशांक कोइरालालाई पनि टिकट दिएको छैन ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :