पार्टी एकताको निकास ननिस्किँदासम्म लागिरहन्छु- डा. शेखर कोइराला
२७ पुष २०८२, आइतवार
२७ पुष २०८२, आइतवार
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा निकास ननिस्किँदासम्म आफू एक्लै भएपनि लडिरहने बताएका छन्।
आइतबार विशेष महाधिवेशनको पूर्वसन्ध्यामा डा. कोइरालाले भिडियो सन्देश जारी गर्दै पार्टीलाई विशेष महाधिवेशनमा सहभागी हुन लागेका महाधिवेशन प्रतिनिधिहरुलाई पार्टी एकतालाई ध्यानमा राख्न आग्रह गर्दै सहकार्य, सहअस्तित्व र एकताको सुत्रमा बाँधेर अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले आफुले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग लडिरहेको र अर्को ऊर्जावान् युवाहरूको असन्तोषको सामना गर्नु परिरहेको सन्देशमा बताएका छन् । उनले भनेका छन्- 'म एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग लड्नु परेको छ भने अर्कोतिर ऊर्जावान् युवाहरूको असन्तोषको सामना गर्नु परिरहेको छ । मैले कांग्रेसको विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्य समितिमा लिखित रूपमै राखेको छु । म चाहन्छु- कांग्रेसमा कतैबाट पनि विभाजनको प्राविधिक वा भावनात्मक सन्देश प्रवाह नहोस् । बीपीको मेलमिलाप कुनै कानुनको पानाबाट निस्केको थिएन, यो त उहाँको अन्तरात्माको आवाज थियो । म एक्लो भए पनि बीपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरिजा बाबु र सुशील दा लगायतका अग्रजहरूले छाडेको पदचापबाट विचलित हुने छैन ।'
उनले पार्टीको विधानको व्यवस्था के छ र पार्टी कस्तो छ भन्ने आफुलाई राम्रोसँग जानकारी भएको भन्दै विधानको कार्यान्वयन गर्ने संकल्प गरेका प्रतिनिधिहरूले एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न आग्रह समेत गरेका छन् ।
उनले काँग्रेसको रुपान्तरणमा आक्रोश र असन्तोष भएर लाग्न नचाहेको बताउदै आफ्नो लागि सभापति र प्रधानमन्त्री हुने कुराले कहिल्लै नलोभ्याएको बताएका छन् ।

No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio