Tuesday, 21 April 2026
×
राजनीति
   

पार्टी फुटेको छैन, विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेको हो- गगन थापा

१ माघ २०८२, बिहिवार

पार्टी फुटेको छैन, विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेको हो- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबि गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् ।

पार्टी अध्यावधिक गर्न निर्वाचन आयोग पुगेका सभापति थापाले पार्टी नफुटेको बताउदै आयोगले विशेष महाधिवेशनले गरेको नेतृत्व परिवर्तनसहितका  निर्णयलाई अध्यावधिक गर्ने विश्वास व्यक्त गरेका छन् ।

थापाले अधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय बारे आयोगलाई जानकारी गराएको र आफुहरुले निर्वाचन आयोगलाई छिटो निर्णय गर्न आग्रह गरेको बताए । उनले आयोगका पदाधिकारीले आज दोहोरो संवाद नगरेको र आयोगले ढिलोमा पर्सिसम्म यस अध्यावधिक गर्ने आफुहरुले विश्वास व्यक्त गरेको प्रतिक्रिया दिए । आयोगमा उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :