Tuesday, 21 April 2026
×
राजनीति
   

प्रतिकुल बकपत्र गर्नेविरुद्ध विशेष अदालतमा मुद्धा

७ माघ २०८२, बुधवार

प्रतिकुल बकपत्र गर्नेविरुद्ध विशेष अदालतमा मुद्धा

काठमाडौँ । महोत्तरीको बर्दिवास नगरपालिका- ६ क जिवराज पोखरेल उपर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको बारे मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी प्रतिवादी राम बाबु महतो कोइरी भएको मुद्धामा पोखरेलले विशेष अदालतमा बकपत्र गर्दा बयान भन्दा फरक बकपत्र गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

अख्तियारले कोइरीविरुद्ध २७ लाख २३ हजार अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दायर गरेको मुद्धामा पोखरेलले प्रतिकुल बकपत्र गरेको उल्लेख गरेको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :