Sunday, 19 April 2026
×
राजनीति
   

प्रदेश सांसद रहबर अन्सारी छोडे प्रचण्डको साथ

२४ पुष २०८२, बिहिवार

प्रदेश सांसद रहबर अन्सारी छोडे प्रचण्डको साथ

जनकपुरदाम । साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी छोडेका छन् । अन्सारीले बिहीबार पार्टीलाई राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले राजीनामामा केहि साता अघि मधेश प्रदेशमा भाषणको क्रममा प्रचण्डले भनेको भाइरल सायरीलाई उल्लेख गरेका छन् । 

राजीनामा पत्रमा उनले भनेका छन्-

'सागर के तूफान को भी हमने बस में किया है पहाड़ों के चट्टान का पथ मोड़ दिया है होगा न कोई हिटलर, कोई नवाब हम सर्वहारा की आवाज : इन्कलाब, इन्कलाब, इन्कलाब' यो गीत अब तपाईंको स्मृतिमा मात्र बाँकी छ । साहस, इमान र जोखिम: तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिन । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै विदा लिन्छु ।

अन्सारी गत निर्वाचनमा मधेश प्रदेश सभामा पर्सा १ को क बाट तत्कालिन माओवादी केन्द्रबाट विजयी भएका थिए । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :